Comments Add Comment

पलका कारण हाम्रो सम्बन्ध विग्रिएको छैनः पूजा र आँचल


नेपाली चलचित्रका केही कलाकारलाई एउटै फ्रेममा देख्न निकै गाह्रो हुन्छ । ती कलाकारलाई एउटै फ्रेममा देखियो भने त्यो तस्बिर विशेष हुन्छ । नायिकाद्धय पूजा शर्मा र आँचल शर्मालाई पनि दर्शकले एउटै फ्रेममा देखेका थिएनन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’मा नायिका पूजा शर्मा र नायक पल शाहले एकसाथ काम गर्दादेखि पूजा र नायिका आँचल शर्माको बारेमा थुप्रै चर्चा भयो ।

नायिका आँचल र नायक पलविच प्रेम सम्बन्ध छ । यसैले पनि पूजाले पलसँग काम गरेपछि आँचलसँग सम्बन्ध विगि्रएको चर्चा भयो । तर, एकसाथ एउटै फ्रेममा देखिएका आँचल र पूजाले भने आफूहरुविच सुमधुर सम्बन्ध रहेको स्पष्ट पारेका छन् ।

पूजाले पल र आफ्नो पर्दामा मात्र प्रेम सम्बन्ध रहेको बताइन् । यस्तै, आँचलले पनि पूजा आफू भन्दा सिनियर भएको भन्दै उनको कामको प्रशंसा गरेकी छिन् । उनले पूजासँग आफूलाई कहिले पनि जलन नभएको बताएकी छिन् ।

एउटै फ्रेममा देखिएपछि दर्शकलाई पल, पूजा र आँचलले एउटै चलचित्रमा देख्न चाहे भने के होला ? पूजाले यो कुरा असम्भव नभएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment