Comments Add Comment

झापामा माइक्रोबसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु

१ मंसिर, झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–१, जुके कल्भर्टमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती ५२ वर्षीया मनमाया ढकाल छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ प ९८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३ ख ५८८७ नंको माइक्रोबसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते बनेका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment