Comments Add Comment

दोस्रो रेटिङ कम्पनी आउने, केयर रेटिङ नेपालले पायो अनुमती


१ मंसिर, काठमाडौं । नेपालमा दोस्रो क्रेडिट रेटिङ कम्पनीको रुपमा केयर रेटिङ नेपालले धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बिहीवार बोर्डबाट सञ्चालन अनुमति पाएको हो ।

यसअघि नेपालको पहिलो रेटिङ कम्पनीको रुपमा इक्रा नेपाल रहेको छ । दुवै रेटिङ कम्पनीमा बैदेशीक लगानीकर्ताको रुपमा भारतीय कम्पनी रहेको छ । वैदेशीक रेटिङ कम्पनीको लगानी हुनै पर्ने व्यवस्था अनुसार लगानी भएको हो ।

केयर नेपालमा केयर रेटिङ इण्डियाको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस्तै बिशाल समूहको १० प्रतिशत, इर्मजिङ नेपालको १० प्रतिशत र चार बैंक तथा बीमा कम्पनीको ५ प्रतिशत लगानी रहेको छ ।

लगानीकर्ता बैंक र बीमा कम्पनीहरुमा ग्लोबल आइएमइ बैंक, नेपाल पुनरबीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेका छन् ।

नेपालमा ३ करोडभन्दा बढि रकमको सेयर, डिवेञ्चर जारी गर्दा क्रेडिट रेटिङ गर्नैपर्ने व्यवस्था रहेको छ । हाल रेटिङको काम इक्रा नेपालले मात्र गरिरहेको छ । रेटिङले कम्पनीहरुको अवस्थाको जानकारी दिन्छ भने यस्तो जानकारीले लगानीकर्तालाई लगानी गर्न सहि जानकारी मिल्छ ।

राष्ट्र बैंकले व्यक्तिगत ऋणीले समेत रेटिङ गराउनु पर्ने व्यवस्था समेत लागु गर्ने तयारीमा रहेकोले यी संस्थाले ती क्षेत्रमा समेत थप कार्य क्षेत्र विस्तार गर्न सक्ने अवस्था रहेको छ । केयरको प्रमूख कार्यकारी अधिकृतको रुपमा साजन गोयाल रहेका छन् भने सञ्चालकमा विनोद आत्रेय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment