Comments Add Comment

नजरबन्दमा राखिएका राष्ट्रपति मुगाबे सार्वजनिक

१ मंसिर, काठमाडौं । सेनाले शासन सत्ता हातमा लिएपछि जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबे पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् ।

भेट्रान नेता मुगाबे हरारे ओपन युनिभर्सिटीको दिक्षान्त समारोहमा उपस्थित भएका हुन् । दुई दिनअघि सेनाले शासन सत्ता हातमा लिएपछि मुगाबेलाई घरमै हिरासतमा राखिएको बताइएको थियो ।

सेना र मुगाबेबीच सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता हुन लागेको अनुमान छ ।

शुक्रबार नै जिम्बावे डिफेन्स फोर्स जेडडीएफले वक्तव्य जारी गर्दै सेनाका उच्च अधिकारीहरुको राष्ट्रपति मुगाबेसँग कुराकानी भइरहेको बताएको छ ।

राष्ट्रिय टेलिभिजनमा प्रसारित सन्देशमा मुगाबे वरिपरि रहेका अपराधीविरुद्धको अपरेशनमा उल्लेख्य प्रगति भएको उल्लेख छ ।

गुमाबे सन् १९८० देखि जिम्बावेको शासनमा छन् । तर, उपराष्ट्रपतिलाई बर्खास्त गरेपछि त्यहाँ राजनीतिक संकट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment