Comments Add Comment

संविधान कार्यान्वयन र राजनीतिक स्थायित्वका लागि वाम एकताः रावल

१ मंसिर, अछाम । संविधानको सफल कार्यान्वयन र राजनीतिक स्थिरताका लागि वाम एकता भएको नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले बताएका छन् ।

वामपन्थी दलहरु चुनाव जित्नका लागि मात्र नभई देशमा राजनीतिक स्थायित्वको लागि एक भएको भन्दै नेता रावलले एकताले जनता उत्साहित भएकोले राष्ट्रलाई समृद्धीमा लैजाने भनाइ राखे । ‘अब मुलुकमा चाँडै संक्रमणकालको अन्त्य हुन्छ । आर्थिक विकासका गतिविधिमा लगानीसहितको रोजगार सिर्जना गरी मुलुक समृद्धितर्फ अघि बढ्छ ।’

‘कांग्रेसका नेताहरु चुनाव हार्ने डरले अहिलेे वामगठबन्धनको शासन आए राष्ट्रको लागि अनष्टि हुने भन्दै अभिव्यक्ति दिन थालेका छन ।’ पूर्व उपप्रधानमन्त्री रावलले भने- ‘वाम एकाता राष्ट्रको लागि होइन कांग्रेसका लागि अनिष्ट हुनेछ ।’

उपाध्यक्ष रावलले देशमा बढ्दै गएको वैदेशिक हस्तक्षेपलाई अन्त्य गर्न वाम शक्तिको एकता भएको सुनाए । तर उनले कसले कसरी हस्तक्षेप गरेको भन्ने खुलाएनन् ।

नेता रावलले अछाम क्षेत्रको भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रमा समृद्ध विकासका लागि वाम गठबन्धनको विजय आवश्यक रहेको बताए । सडक, भवन, प्राविधिक शिक्षालय, स्वरोजगारमूलक कृषिको विकास गर्न आवश्यकता औंल्याए । ‘वडा तहमा बाटो पुर्‍याउने र स्तरोउन्नति गर्नुपर्ने छ ।’ रावलले थपे ‘समाजका केही विकृतीहरुलाई समाप्त पार्नुपर्ने छ ।’

अछाममा आफ्ना पालामा शुरु भएका राष्ट्रियस्तरका सेती लोकमार्ग, बुढीगंगा जलविद्युत, मध्यपहाडी लोकमार्ग, खप्तड पर्यटन, साँफेबगर नमुना शहरको कामलाई पूर्णता दिनका लागि गठबन्धनको जित आवश्यक रहेको भनाइ उनले राखे ।

रावलले खप्तड, रामारोशन लगायतका सुन्दर पर्यटकीय क्षेत्रको विकासको योजना सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment