Comments Add Comment

रोनाल्डो र रामोस एकअर्कालाई औधी सम्मान गर्छन्ः जिदान

१ मंसिर, काठमाडौं । ड्रेसिङ रुममा क्रिष्टियानो रोनाल्डो र सर्जिओ रामोसबीच देखिएको दुरीबारे रियल मडि्रडका प्रशिक्षक जिनेदान जिदानले मुख खोलेका छन् ।

दुई स्टारबीच बढेको दुरीलाई लिएर समर्थकमा उत्पन्न चिन्तालाई जिदानले मडि्रड डर्बीको अघिल्लो दिन सम्बोधनको प्रयास गरेका हुन् । चिन्ता गर्नु पर्ने अवस्था नरहेको भन्दै उनले भने, ‘उनीहरु स्मार्ट छ र जे चाहन्छन् त्यो भन्छन् ।’

दुई खेलाडीको बीचमा समस्या नरहेको दाबी गर्दै भने, ‘उनीहरु धेरै वर्षदेखि सँगै छन् र मिलेर धेरै जितेका पनि छन् । एकाअर्कालाई औधी सम्मान गर्छन् ।’

उनका अनुसार शनिबारको मडि्रड डर्बी खेल्न लुका मोडरिक र ड्यानी कार्भाजाल फिट छन् ।

आफूहरुले एथ्लेटिको मडि्रडविरुद्धको खेल जित्न चाहेको भन्दै उनले भने, ‘विपक्षीले पनि त्यही चाहन्छ । दुबै टिमको अंक समान छ । त्यसैले कोही पनि न राम्रो छ न खराब छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment