Comments Add Comment

प्रकाशमानले बनाए १००१ सदस्यीय प्रचार समिति, संयोजकमा राधेश्याम अधिकारी

१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार प्रकाशमान सिंहले एक हजार १ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेका छन् । समितिको संयोजकमा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी छन् ।

गत कात्तिक २० गतेबाट नै चनावी घरदैलो अभियान सुरु गरेका नेता सिंहले अझै व्यवस्थित रुपमा चुनाव प्रचार अभियान सञ्चालन गर्न भन्दै शुक्रबार मात्र प्रचार समिति गठन गरेका हुन् ।

यसैगरी लिलेन्द्र प्रधानले आर्थिक समितिको जिम्मेवारी पाएका छन् । प्राध्यापक चुडाराज उप्रेतीलाई वौद्धिक र निरज कार्कीलाई युवा परिचालन समिति संयोजकको जिम्मेवारी दिइएको छ ।

यसैबीच नेता सिंहले शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर २९ घट्टेकुलोमा घरदैलो तथा मतदाताहरुसँग भेटघाट गरेका छन् । पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसका पूर्व महामन्त्री समेत रहेका नेता सिंहले यसअघिको समय सविधान जारी गर्ने क्रममा बितेकाले आफ्नो क्षेत्रमा अधुरा विकास निर्माणका काम निर्वाचनमा चुनिएपछि पूरा गर्ने बताए ।

उनले भने, ‘मैले सविधान जारी गर्ने क्रममा भूमिका निर्वाह गरें, अब आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणको काम गर्नुछ, यो क्षेत्रलाई नमूना बनाउन मलाई यहाँँहरुको मत चाहिएको छ ।’

अब देशलाई समृद्धिको बाटोमा लैजाने काम कांग्रेसले मात्र गर्न सक्ने भन्दै उनले कांग्रेसबिना लोकतन्त्र अधुरो रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment