Comments Add Comment

कास्कीको बुढीबजारमा खुल्यो अत्याधुनिक अस्पताल

१ मंसिर, पोखरा । लेखनाथ क्षेत्रमै पहिलो पटक आईसीयू, एनआईसीयू सेवासहितको अत्याधुनिक हस्पिटल सञ्चालनमा आएको छ ।

लेखनाथ क्षेत्र, रुपा र मादी गाउँपालिका, तनहुँ, लमजुङ, गोरखा र स्याङ्जाको केही भागलक्षित लेखनाथ सिटी हस्पिटल शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

पोखराका मेयर मानबहादुर जीसीले उक्त अस्पताल उद्घाटन गरे । त्यस क्रममा उनले महानगरले अस्पतालको निरन्तर अनुगमन र संरक्षणमा सहयोग गर्ने बताए ।

अस्पतालका अध्यक्ष डा. कमल कुमालका अनुसार अहिले २५ शय्या रहेकामा निकट भविष्यमै विस्तार गर्ने योजना छ ।

आकस्मिक र शल्यक्रियासहित बालरोग, स्त्रीरोगलगायत दैनिक विशेषज्ञ सेवा उपलब्ध गराइने कुमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment