Comments Add Comment

कार्यकर्ता चढेको बस र जीपलाई लक्षित गरेर ओखलढुंगामा बम प्रहार


२ मंसिर, ओखलढुंगा । वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान ओखलढुंगामा बम विस्फोट गरिएको छ ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिइन् ।

उनका अनुसार विस्फोटमा मानवीय क्षति भने भएको छैन । सवारी साधनमा भने सामान्य क्षति भएको छ ।

घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिइन् ।

वाम गठबन्धनको चुनावीसभामा नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाली कांग्रेसको चुनावीसभामा भने कांग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ ।
विभिन्न गाउँबाट कार्यकर्ता आइरहेका अवस्थामा बम विस्फोट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment