Comments Add Comment

आहा ! रारा गोल्ड कप माघ दोस्रो साता

२ मंसिर, पोखरा । मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिताको १६ औं संस्करण माघ दोश्रो सातादेखि सुरु हुने भएको छ ।

पोखरा रंगशालामा २० गतेसम्म चल्ने प्रतियोगितामा चार विदेशीसहित १२ टिमको सहभागिता रहने आयोजक सहारा क्लबले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ -एन्फा)ले दिएको समय तालिका अनुसार प्रतियोगिता आयोजना गर्ने निर्णय भएको क्लबका महासचिव विश्वराज वरालले बताए ।

क्लबले प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा रहेका वालकहरुको भरण पोषणमा खर्चिदै आएको छ । हाल तेश्रो व्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रति रहेको अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment