Comments Add Comment

आखिर यो बाख्रो मर्दा किन रोए दुनियाभरका मान्छे ?


यहाँ मान्छेको मरण त मुसासरी छ भने कुनै बाख्रो मर्दा दुखमनाउ गर्ने फुर्सद कसलाई होेला ? तर सधै त्यस्तो कहाँ हुँदोरहेछ र । एउटा बाख्रो मर्दाखेरी दुनियाका लाखौँ मान्छेलाई रुवाएको छ अहिले ।

हो, अष्ट्रेलियाको गेरी नामको बाख्रो मरेपछि इन्टरनेटमा रहेका उसका लाखौँ फलोअर्सले दुखमनाउ गरेका छन् ।

गेरी कुनै मामुली बाख्रो थिएन, सोसल मिडिया स्टार नै थियो ।

ट्युमरका कारण मरेका गेरीका सोसल मिडियामा १७ लाख फलोअर्स थिए । गेरी मरेको खबर उसका मालिक जेम्स डिजारनल्डसले सोसल मिडियामार्फत नै दिए ।

गेरी सन् २०१३ मा तब चर्चामा आएको थियो जब उसले सिड्नी म्युजियम बाहिर फुलेको फूल खाइदियो र ऊमाथि झण्डै ४५ हजार रुपैयाँ बराबरको जरिवाना लगाइयो ।

तर अदालतमा पुगेको यस मुद्दा गेरीले जित्यो र त्यसपछि ऊ एउटा यात्रा कमेडीमा सहभागी भएर चर्चा कमायो ।

गेरी सोसल मिडियामा यति पि्रय थियो की उसका कैयन् फ्यानहरुले आफ्नो जिउमा उसको आकृतिको टाटु बनाएका छन् ।

गेरी मृत्युपछि जब खबर सोसल मिडियामा आयो तब ३० हजार मानिसले त कमेन्ट गरेरै शोक व्यक्त गरे । उसका १७ लाख फलोअर्स उसको मृत्युबाट आहात छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment