Comments Add Comment

फेसबुकले किन ब्लक गर्यो चर्चित अकाउन्ट ?

प्रयोगकर्तामाझ निकै नै लोकप्रिय रहेको भाइरल न्यूज वेबसाइट Unilad को फेसबुक अकाउन्ट फेसबुकले ब्लक गरिदिएको छ । ३ करोड ४० लाख फलोअर्स रहेको युनिल्याडको फेसबुक अकाउन्ट भाइरल भिडियो तथा समाचारहरु पोष्ट हुने गरेका थिए । तर युनिल्याण्डको फेसबुक पेज फेसबुकले ब्लक गरिदिएको र यो पेज सर्च गर्दा एरर मेसेज आउने गरेको छ ।

ग्लष्बिम को फेसबुक अकाउन्ट शुक्रबारदेखि किन ब्लक गरियो भन्ने कारण खुल्न सकेको छैन भने Unilad ले अर्को नयाँ फेसबुक अकाउन्ट खोलिसकेको छ ।

तर पूरानो अकाउन्टमा ३ करोड ४० लाख फलोअर्स रहेकोमा नयाँ चाहीँमा जम्मा १८ जनामात्र फलोअर्स छन् ।

एन्थोनी ली नामक टि्वटर प्रयोगकर्ताले चाहीँ आफ्नो उजुरीका कारण फेसबुकले उक्त फेसबुक अकाउन्ट बन्द गरिदिएको दाबी गरेका छन् ।

अमेरिकी र्यापर लिल पीपको मृत्युको विषयमा Unilad ले पोष्ट गरेको सामाग्रीमा देखिएको अश्लील कमेन्टहरुका बारेमा आफुले फेसबुकमा उजुरी गरेको र फेसबुकले तत्कालै त्यसमाथि कारवाही गरेर युनिल्याडको फेसबुक अकाउन्ट डिलिट गरेकेा मेसेज पठाएको दाबी उनको छ । उनले आफुले फेसबुकमा गरेको उजुरी तथा फेसबुकबाट प्राप्त जवाफको स्क्रीनसट समेत टि्वटरमा शेयर गरेका छन् ।

स्मरण रहोस् बेलायतमा मुख्यालय रहेको वेबसाइट युनिल्याडको फेसबुक पेज गत वर्ष विश्वका सबैभन्दा लोकपि्रय फेसबुक पेजहरुमध्येमा परेको थियो । एक वर्षमा युनिल्याडको फेसबुक अकाउन्टमा २५ अबृ भिडियो भ्यूज तथा १ अर्ब लाइक, कमेन्ट्स तया शेयर प्राप्त भएका बताइएको थियो ।

तर भाइरल समाचार तथा भिडियोहरु शेयर गर्ने यो अकाउन्टमा शेयर गरिने कतिपय साामग्रीहरुको आधिकारिकताको विषयमा चाहीँ सोसल मिडिया प्रयोगकर्ताहरुले प्रश्न उठाउने गरेका छन् । कतिपय घटनामा यसको फेसबुक पेजमा लाइभ भनेर पूराना भिडियो क्लिपहरु समेत देखाइने गरेको खुलासा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment