Comments Add Comment

बाराही जंगल लजलाई सार्क स्तरीय ‘लिडिङ वाइल्ड लाइफ रिसोर्ट’ अवार्ड


२ मंसिर, काठमाडौं । अगुवा चितवनस्थित बाराही जंगल लजले दक्षिण एसिया स्तरकै उत्कृष्ट पर्यटन पुरस्कार ‘लिडिङ वाइल्ड लाइफ होटल/रिर्सोट अवार्ड’ हात पारेको छ ।संस्थालाई माल्दिभ्सको राजधानी मालेमा ‘साउथ एसियन ट्राभल अवार्ड (साटा) समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

संस्थाले यसै वर्ष ‘लिडिङ वाइल्डलाइफ होटल/रिर्सोट अवार्ड’ सहित लिडिङ इको होटल, लिडिङ लक्जरी होटलको अवार्ड समेत गरी तीन विधाका राष्ट्रिय स्तरका पर्यटन पुरस्कार जितेको छ ।

लजका संस्थापक तथा अध्यक्ष हरिप्रसाद पौडेलका अनुसार अवार्ड प्राप्ति संस्थाको व्यावसायिक जीवनकै एक महत्वपूर्ण कोशेढुंगा हो । आगामी दिनमा व्यवसायलाई थप उचाइमा लैजान अवार्डबाट प्रेरणा मिलेको पौडेल बताउँछन् ।

यो उपलब्धीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वदेशी तथा विदेशी पाहुनाहरुका साथै सस्थाका सबै सदस्यहरुको भूमिका रहेको बताए ।

अवार्ड ले सस्थालार्य अझै उत्साहित बनाएको बताउँदै पौडेलले भने,’थप मेहेनत गर्ने, अझै उत्कृष्ट आतिथ्यता प्रदान गर्ने तथा दीगो पर्यटनलाई बढावा दिने काममा प्रेरणा मिलेको छ ।’

बाराही जंगल लज चितवन जिल्लाको मेघौलीस्थित राप्ती नदी किनारमा रहेको थारु बस्तीमा अवस्थित जंगल लज हो । कुल २० विगाह क्षेत्रफलमा फैलिएको यो लजमा ३४ वटा पूर्णसुविधायुक्त कोठा तथा एक स्वीटसमेत छ । बाराही जंगल लज पोखरास्थित होटल बाराहीको व्यावसायिक विस्तार हो ।

सन्२०१३ को सेप्टेम्बर १देखि सेवा सुरु गरेको यो बारहीको होटल पोखरा पनि छ । आगामी दिनमा मुलुकका अन्य पर्यटन गन्तव्यहरुमा समेत पर्यटन सेवा विस्तार गर्ने योजना रहेको सञ्चलक पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment