Comments Add Comment

नेपालमै खुल्ने भयो रोबोटले सर्भिस दिने रेष्टुरेन्ट

३ मंसिर, काठमाडौं । मानिसले मेन्यु देखाएर खानाको अर्डर लिने र सोही अर्डर बमोजिमको खाना टेबुलमा ल्याएर ग्राहकलाई दिने थुप्रै रेष्टुरेन्टहरुमा तपाई पुगिसक्नुभएको होला ।

तर अब रोबोटलाई अर्डर दिने र रोबोटले नै टेबुलमा खाना ल्याएर दिने नेपाली रेष्टुरेन्ट पनि नेपालमै खुल्ने भएको छ । नेपालमै पहिलो पटक रोबोटले सर्भिस दिने रेष्टुरेन्ट न्यूरोडको पिपुल्स् प्लाजामा सञ्चालनमा आउन लागेको छ ।

२१ औँ शदाब्तीमा विज्ञानले उल्लेखनीय अविष्कारहरु गरी मानव जीवनलाई धेरै सहज, छिटो र छरितो बनाउँदै गएको अवस्थामा नेपालको राजधानी काठमाडौंको मुटु मानिने न्यूरोडमा रोबोटले सर्भिस दिने रेष्टुरेन्ट खुल्न लागेको हो ।

केकेएफसी नाम उक्त रेष्टुरेन्टको औपचारिक उद्घाट्न अगामी मंसिर ८ गते (शुक्रबार) हुनेछ । विगत एक दशक देखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रन्जित साहले संचालक रहेको केकेएफसी रेष्टुरेन्टमा फास्ट फुड कुजिन अन्तर्गत क्रिस्पी फ्राईड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडक लगायतका परिकारहरु पस्किने लक्ष्य राखिएको छ ।

साहका तीन दाजुभाईहरुको संयूक्त प्रयासले रोबोट प्रविधि जडित रेष्टुरेन्टलाई नेपालमा सम्भव तुल्याएको हो । अन्य मुलुकहरुमा रोबोट प्रविधि जडित रेष्टुरेन्ट सञ्चालनमा आइसकेपनि नेपालको लागि भने यो पहिलो र नौलो हो ।

ग्राहकहरुलाई छिटो र छरितो सर्भिस दिन सकियोस र नयाँ अनुभव पनि हासिल होस भन्ने उद्देश्यले रोबोट जडित रेष्टुरेन्ट संचालनमा ल्याउन लागेका साहले त्बताए । यसको औपचारिक ओपनिङ गरिरने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment