Comments Add Comment

५० यूवाको विचमा जब जरिन घेरिइन्…


नायिका जरिन खान अहिले चलचित्र ‘अक्सर -२’ को प्रमोशनमा व्यस्त छिन् । चलचित्र प्रचारको लागि दिल्ली पुगेकी जरिनले निकै खराब अनुभव गर्नु पर्‍यो ।
एउटा कार्यक्रममा सहभागी हुने क्रममा जरिन ५० भन्दा बढी पुरुषवाट घेरिइन् ।

उनीसँग सेल्फी लिन चाहने युवाहरुले घेरेका थिए । भिड यस्तो अब्यबस्थित थियो कि त्यहि भिडमा घेरिएको वेलामा उनी घचेटा घचेटमा परिन् ।

जरिनको भनाई अनुसार एउटा प्रमोशनल इभेन्टमा सहभागी हुने क्रममा उनलाई स्थानियले घेरेका थिए । जब उनलाई भिडले घेर्‍यो सो समयमा कुनै पनि पुरुष सहकर्मी उनको साथमा थिएन । चलचित्रमा काम गर्ने उनका प्राविधिकहरु पनि उनी दर्शकवाट घेरिएको पर बसेर हेरिरहे ।

त्यो भिड देखेर निकै आत्तिएकी जरिन सोही दिन राती मुम्बई फर्किइन् । अनन्त नारायण महादेवनको निर्देशनमा बनेको यो यो चलचित्र शुक्रबारदेखि रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment