+
+

नेपालीहरु किन मोटाउँदैछन् ? खतरा बढ्दै

कुन प्रदेशका कति मोटा

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ३ गते १४:१०

नेपालीहरु मोटाउने क्रम बढेका छन् । यसको अर्थ यो होइन कि, नेपालीहरुको जीवनस्तर सुध्रियो । बरु, यसले के संकेत गर्छ भने नेपालीहरुमा रोगको जोखिम बढ्दैछ । किनभने मोटोपनको कारण हो, निस्क्रिय जीवन, अस्वस्थ्यकर खानपान ।

डरलाग्दो सर्बेक्षण

नेपालका करिब २२ प्रतिशत महिलामा मोटोपना भएको एक सर्वेक्षणले देखिाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण ०१६ ले १५ वर्षदेखि ४९ वर्ष समुहका करिब २२ प्रतिशत महिलामा मोटोपना भएको देखाएको छ ।

मोटोपनामा पनि करिब १७ प्रतिशतमा अधिक मोटो तथा ५ प्रतिशत मोटो रहेको पाइएको थियो ।

सर्वेक्षणमा छ हजार ५६५ महिला तथा चार हजार ३२९ पुरुषको तौल र उचाई तथा उनीहरुको पोषण स्थितिबारे मापन गरिएको थियो ।

तौल तथा उचाई मापनका क्रममा करिब १७ प्रतिशत महिला निकै दुब्लो पाइएको थियो भने करिब २२ प्रतिशत महिला अति मोटो भएको पाइएको थियो । यस सर्वेक्षणमा दुई महिनासम्मका सुत्केरी महिला तथा गर्भवती महिलाहरुलाई भने सामेल गरिएको थिएन ।

कुन प्रदेशका कति मोटा

सर्वेक्षणका क्रममा मोटोपनामध्य पनि सबैभन्दा सम्पन्न घर परिवारका ४५ प्रतिशत तथा प्रदेश नम्बर ३ का ३५ प्रतिशत महिलाहरु अति मोटो भएको पाइएको थियो । जबकी प्रदेश नम्बर ७ का करिब ९ प्रतिशत महिलामा मात्र अति मोटोपना भएको पाइएको थियो ।

बद्लिदो जीवन शैली, खानपान तथा सुख सविधाका कारण पनि नेपालमा मोटोपनाको समस्या बढ्दै गएको उक्त तथ्यांकले देखाएको छ ।

महिलाहरु बढी मोटाए

तथ्यांक अनुसार महिलाहरुमा देखिएको यस प्रकारको मोटोपना दश वर्षकै दोब्बर हो ।

सन् २००६ मा ९ प्रतिशत महिलाहरुमा मोटोपनाको समस्या देखिएकोमा सन् २०१६ मा यो समस्या दोब्बर भन्दा बढीले वृद्धि भई २२ प्रतिशतमा पुगेको थियो ।

त्यस्तै, नेपाल जनसांख्यिम स्वास्थ्य सर्वेक्षणले पहिला पटक समेटेको पुरुषको पोषण स्थितिले समेत यस कुरालाई पुष्टि गरेको छ । सर्वेक्षणमा १५ देखि ४९ वर्ष उमेर समूहका झण्डै ४,३२९ पुरुषहरुको उचाई तथा तौलको मापन गरिएको थियो ।

मापनका क्रममा पुरुषहरुमध्ये करिब १७ प्रतिशत पुरुष अति दुब्लो भएको पाइएको छ भने करिब १७ प्रतिशत अति मोटो पाइएको थियो ।

त्यस्तै, ३० देखि ३९ वर्ष समूहका करिब २८ प्रतिशत पुरुष तथा नेपालका सम्पन्न घर परिवारका करिब ३२ प्रतिशत पुरुष अति मोटो भएको पाइएको थियो ।

कुपोषण महिला र पुरुषमा बराबरै जस्तो

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा महिलामा कुपोषणको अवस्था बराबरै जस्तो देखिएको छ । जसमा झण्डै १७ प्रतिशत महिला तथा पुरुष दुवै दुब्लो भएको थियो ।

महिला तथा पुरुषको पोषणको स्थितिलाई उनीहरुको तौल तथा उचाईको अवस्था अर्थात बडी मास इन्डेक्स -बिएमआई)ले मापन गरिन्छ । विएमआई १८.५ भन्दा न्युन हुनु भनेको महिला तथा पुरुष कुपोषित हुनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?