Comments Add Comment

कांग्रेसको सरकार बन्छ, बन्ने भइसकेको छ: प्रधानमन्त्री देउवा

३ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले कांग्रेसलाई कुनै असर नपर्ने भन्दै कांग्रेसकै सरकार बन्ने दावी गरेका छन् ।

आइतबार प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले भने-”वाम गठबन्धनले नेपाली कांग्रेसलाई कुनै असर पर्दैन्, नेपाली कांग्रेसको सरकार बन्छ, बन्छ, बन्ने भइसकेको छ ।”

पत्रकारहरुसँगको भेटघाटमा देउवाले उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट र आक्रमणका घटना भए पनि चुनाव नरोकिने बताए ।

निर्वाचन अभियानका क्रममा उम्मेदवारहरुमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिदै प्रधानमन्त्री देउवाले निर्वाचनमा खटिएका उम्मेदवारहरुमाथि आक्रमण प्रयास भइरहेकोप्रति घोर निन्दा र भत्सर्ना गरेका छन् ।

”यस्ता क्रियाकलाप गर्नेलाई कडा कारवाही हुन्छ”उनले भने, ‘भोलि काठमाडौं गएर सुरक्षा निकायको बैठक बोलाएर यस्ता खालका घटना हुन नदिन र यस्ता घटना गर्नेलाई कडा कारवाही गर्न म सुरक्षा निकायका प्रनिनिधिहरुलाई निर्देशन दिन्छु ।”

पत्रकार सम्मेलनमा उनले आफू सरकारमा हुँदा सुदूरपश्चिमको विकास गरेको बताउँदै पश्चिम सेती जल विद्युत्ा आयोजनाको काम अगाडि बढाइसकेको समेत जानकारी दिए ।

पत्रकार सम्मेलनमै प्रेस युनियनका अध्यक्ष टेकराज अवस्थीले प्रदेश नं ७ को राजधानी डडेल्धुरामा हुनुपर्ने, डडेल्धुरामा विमान स्थल, मुख्य सडक चौडा लगाएतका पाँच बुदे अनुरोध पत्र पनि हस्तान्तरण गरेका थिए । आइतबार दिनभर व्यस्त रहने प्रधानमन्त्री देउवा सोमबार काठमाडौं र्फकने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment