Comments Add Comment

चुनावमा सेनाले स्थलगत र हवाई गस्ती गर्ने

३ मंसिर, काठमाडौं । नेपाली सेनाले निर्वाचन विरोधी गतिविधि हुन नदिन स्थल तथा हवाई गस्ती सुरु गर्ने योजना अघि सारेको छ ।

देशका विभिन्न भागमा उम्मेदवारलाई लक्षित गरी बम विष्फोट भइरहेका बेला प्रधानसेनापति राजेन्द्र क्षत्रीले निर्वाचनविरोधी गतिविधि हुन नदिन सेना सचेत रहेको बताएका हुन् ।

रक्षा मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा प्रधानसेनापति क्षत्रीले बम विष्फोट लगायतका घटना हुन नदिन सेनाले स्थलगत र हवाई गस्ती गर्ने बताएका छन् ।

निर्वाचन बिथोलिने अवस्था आए त्यसलाई नियन्त्रण गर्ने अन्तिम शक्तिको रुपमा सेना परिचालन गर्ने व्यवस्था गरिएको छ । प्रधानसेनापति क्षेत्रीले निर्वाचनमा आफूले पाएको जिम्मेवारी पूरा गर्न सेना सचेत रहेको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment