Comments Add Comment

धनगढीमा डोट्याली सुवासको एकल कविता वाचन

३ मंसिर, धनगढी । दुई महिनाअघि पोखरामा एकल कविता वाचन मार्फत पोखरेलीको मन जितेका डोट्याली कवि हेमन्त विवशले धनगढीका साहित्यप्रेमीलाई मन्त्रमुग्ध बनाए ।

रुबस होटलमा आयोजित एकल रचना वाचनमा उनले दुई दर्जन सृजना सुनाए ।

गीत, गजल र कवितामा भुइँ मान्छेका कथा उन्दै आएका कविले तिनै सीमान्तकृतहरुको आवाज बुलन्द गरे । भगवानको खोजी शीर्षकबाट सुरु कविता वाचन मौनता कवितामा पुगेर समापन गरिएको थियो ।

विवशले आफ्ना चर्चित कविताहरु हली, बा दमाहा र ढोलक, देशको खोजी, कतारको रैबार, भुकम्प, कौशी र बाबा, जिन्दगी, भरिया, तिमी आफैं भन जस्ता मर्मस्पर्शी कविता सुनाए । दर्शकहरुले सय रुपैयाँको टिकट काटेर कविता सुने ।

उनले छन्दका गीत र डेउडा पनि गाए । रचना वाचन समूह, रोट्रयाक्ट क्लब अफ धनगढी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी र सुदूरपश्चिमाञ्चल गजल मञ्चले विवशको एकल वाचन आयोजना गरेका हुन् । कार्यक्रमलाई रैका ट्राभल्स, रुबस होटल लगायत संस्थाले सहयोग गरेका थिए ।

कार्यक्रममा गायक शिशिर साधकको समूहले विवशका केही गीत गाएका थिए ।

उनका ‘विवशका स्रमाई, असौजको जून र यादै जनमभरि’ गरी तीन वटा गीति एल्बम, आˆनै मनसँग र सैपालको आँगन कवितासँग्रह तथा कथा एउटै तिम्रो मेरो प्रकाशित छन् ।

रेडियो नेपालबाट विसं २०६८ सालका लागि उनले उत्कृष्ट गीतकार पुरस्कार पाएका थिए । उनका तीन दर्जन गीत रेकर्ड भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment