Comments Add Comment

सुटिङबाटै केकीले घोषणा गरिन् ‘कोहलपुर एक्सप्रेस’ गुड्ने दिन


नायिका केकी अधिकारीले आफू निर्मित तथा अभिनित चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति घोषणा गरेकी छिन् । चलचित्रको छायांकन हाल बाँकेको कोहलपुरमा भैरहेको छ ।

चलचित्र छायांकनको २२ औं दिनमा केकीले चलचित्रको प्रदर्शन मिति घोषणा गरेकी हुन् । उनले, यो चलचित्र आउँदो बर्षको वेशाख १४ गते चलचित्र रिलिज हुने उल्लेख गरेकी छिन् ।

विशाल भण्डारीलाई लिएर केकीले निर्माण गरिरहेको यो चलचित्रमा केकीकाे अलवा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रलाई कमेडी कथामा निर्माण गरिएको केकीले बताएकी छिन् ।

नेपाली चलचित्रमा धेरै नायिकाहरु निर्मात्री बन्ने बाटोमा लागेपनि सफल हुन सकेकी छैनन् । अब, केकी अधिकारी पनि निर्मात्रीको रुपमा कती सफल हुने हुन्, हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment