Comments Add Comment

बलिउडका यी कलाकार, जसको करिअर चम्किएन

बलिउड नायक तुषार कपुर ४१ वर्षका भए । उनको जन्म २० नोभेम्बर १९७६ मा मुम्बइमा भएको थियो । कुनै जामानाका सुपरस्टार जितेन्द्रका छोरा तुषारले केही चलचित्रमा काम गरेका छन् । तर, आजसम्म उनको कुनै पनि चलचित्रले बलिउड बक्स अफिसमा ‘सुपर हिट’को उपाधि पाउन सकेको छैन । तुषार मात्रै हैन यस्ता अभागी कलाकार अरु पनि छन् । जसको नाम यहाँ उल्लेख गरिएको छः

तनीषा मुखर्जीः प्रसिद्ध नायिका तनुजाकी छोरी एवं काजोलको बहिनी हुन् तनिषा । उनले ‘रश’वाट बलिउड यात्रा आरम्भ गरेकी थिइन् । ‘निल एन निक्की, सरकार, सरकार, राज, तुम मिलो तो सही’ लगायतका चलचित्रमा काम गरेका छन् । उनका चलचित्र हेरेर ताली बजाउने दर्शकको संख्या निकै थोरै थियो ।

फरदिन खानः फरदिन खानले सन् १९८८ मा चलचित्र ‘प्रेम अगन’बाट अभिनय यात्रा सुरु गरेका थिए । उनले ‘जंगल, प्यार तुने क्या किया, फिदा, देव, अल द वेष्ट’मा पनि काम गरे । पछिल्लो समय ‘दुल्हा मिल गया’मा काम गरेका फरदिनलाई पनि हिटको उपाधि आकाशकै फल बन्यो ।

विवेक ओवरायः चलचित्र ‘कम्पनी’ हेर्नेहरुले विवेक ओबरायको निकै प्रसंसा गरेका थिए । त्यसपछि ‘दम, युवा, क्यौ हो गया ना, मस्ती, काल, प्यार मोहन, पि्रन्स’ लगायतका चलचित्रमा काम गरे । पछिल्लो पटक बैंक चोरमा अभिनय गरेका विवेकलाई त्यसपछि कुनै चलचित्रको अफर आएको छैन ।

समिता शेट्ठीः सन् २००० मा हिन्दी चलचित्र ‘मोहब्बते’ मा काम गर्दा समिता शेट्ठीको निकै चर्चा भएको थियो । नातामा शिल्पा सेट्ठीको बहिनी समिताले ‘फरेब, जहर, बेवफा’मा पनि काम गरिन् । उनी पनि त्यहि अभागी नायिकाको कोटीमा पर्छिन् । कुनै पनि चलचित्रले हिटको उपाधि पाएको छैन ।

आफताब शिवदासानीः हिन्दी चलचित्र ‘मस्त’ बाट करिअर सुरु गरेका थिए आफताबले । ‘कसुर, लव के लिए कुछ भी करेगा, क्या यही प्यार है, डरना जरुर है, हंगामा’लगायतका चलचित्रमा काम गरे ।

इशा देवलः हेमा मालिनीकी छारी इशा देवलले ‘कोइ मेरे दिल से पुछे’बाट अभिनय सुरु गरेकी थिइन् । ‘कुछ तो है, चुरा लिया है तुमने, धुम’ लगायतका चलचित्रमा काम गरिन् । उनी अभिनित केही चलचित्र हिट भएपनि उनले कामको जस भने पाउन सकेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment