Comments Add Comment

चुनावी प्रचारमा प्रयोग भएको जीपका चालक मृत फेला

४ मंसिर, महोत्तरी । चुनावी प्रचारमा रहेको एक भारतीय नम्बर प्लेटको जीपका चालक सोमबार बिहान मृत भेटिएका छन् ।

भारतको सितामढी जिल्ला पुपरी थाना निवासी अन्दाजी ४० वर्षीय चालक परशुराम मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जलेश्वर नगरपालिका-९ स्थित प्रकौली चौकमा जीपको ढोका मुनी उनी मृत भेटिएको प्रहरी नायव उपरीक्षक बिष्णु पोखरेलले जानकारी दिए ।

महोत्तरीको ३ (ख) प्रदेशसभाका स्वतन्त्र उम्मेदवार मोहम्मद मुजिवुल राईनको चुनावी प्रचारमा भारतबाट भाडामा ल्याइएको बीआर ३० पी १४९० नम्बरको बोलेरो जीपका चालक मृत भेटिएका हुन् ।

जीपका चालकको मृत्यु अत्यधिक मदिरा सेवनको कारण हुनसक्ने प्रहरीले जनाएको छ ।

मदिरा सेवनपछि सवारी लिएर जाँदै गर्दा बीच बाटोमा असहज भई शौच गर्न भन्दै निस्केको जस्तो देखिन आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यता स्वतन्त्र उम्मेदवार राईनले चालकले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेकोले उसलाई यस अघि नै फिर्ता पठाएको तर आइतवार पुनः सवारी धनीले सोही चालकलाई पठाइदिएकोमा आफ्नै चालकले दिनभरी सवारी चलाएको बताए ।

शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment