Comments Add Comment

निर्वाचन आयुक्तको अपीलः आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई भोट नदिनुस्

४ मंसिर, गोरखा । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मदेवारलाई भोट नहाल्न सुझाव दिएका छन् ।

निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी निर्वाचन आयोगमा परेपनि उमेदवारलाई कारवाही नभएको गुनासो आएपछि आयुक्त पौडेलले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई भोट नदिएर जनताले कारवाही गर्नुपर्ने बताए ।

‘आचारसंहिता निर्वाचन आयोगको मात्र होइन सबैको हो’ अनुगमनका क्रममा सोमबार गोरखा आएका आयुक्त पौडेलले भने, ‘पालना नगर्नेलाई हामीले कारवाही गर्नुभन्दा पनि जनताले भोट नदिएर सजाय दिने हो ।’

उमेदवारलाई भोट नदिएर सजाय दिने अधिकार जनतासँग रहेको उनले स्पष्ट पारे । ‘अहिले आचारसंहिता पालना नगर्नेले चुनावमा जितेपछि केही गर्ला भन्ने अपेक्षा हुँदैन, त्यसैले त्यस्ता उमेदवारलाई भोट नदिनुस्,’ पौडेलले भने ।

उनले सार्वजनिक स्थलमा चुनावी प्रचारका पोष्टरहरु टाँसेको भए तत्काल हटाउन पनि दलहरुलाई निर्देशन दिएका छन् ।

सबै दल समान भएकाले आयोगले कसैलाई काखा, कसैलार्इ पाखा नगर्ने उनले प्रष्ट पारे । निर्वाचनमा खटिएका कर्मचारीहरुले विभेद गरेको पाएमा तत्काल कारवाही गर्न पौडेलले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई निर्देशन दिएका छन् ।

पश्चिमाञ्चाल क्षत्रीय प्रशासक लक्ष्मण अर्याल, प्रदेश ४ का प्रहरी प्रमुख एआईजी कमल सिं बम लगायतको अनुगमन टोली मंगलर नै लमजुङ्गतर्फ लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment