Comments Add Comment

विप्लवका नवलपरासी जिल्ला इञ्चार्ज पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’

५ मंसिर, नवलपरासी । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नवलपरासी जिल्ला इञ्चार्ज पदम केसी (जुझारू)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गैंडाकोट नगरपालिका १३ निवासी केसीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले सुनवल नगरपालिका ११ भुमहीबाट पक्राउ गरेको हो ।

यस्तै बर्दघाट नगरपालिका ४ बस्ने बर्दघाट नगर कमिटी सदस्य मोहन सापकोटालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

यसैगरी बुवाको किरियामा बसेका नेकपा बैतडी जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई पनि प्रहरीले सोमबार पक्राउ गरेको छ। जोशीलाई प्रहरीले डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरस्थित उनकै घरबाट पक्राउ गरेको हो।

नेकपा परित्याग

यसैबीच नेकपा केन्द्रीय सदस्य एवम् किसान संगठनका नवलपरासी जिल्ला अध्यक्ष यम प्रसाद ढकाललगायतले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

संयुक्त विज्ञप्ति निकालेर उद्योग ब्यापार संगठनका नवलपरासी अध्यक्ष सम्पुर्णानन्द गुप्ता, पार्टीको नगर सदस्य लाल बहादुर चितौरे, अर्का नगर सदस्य जगत रुचाललगायतले विप्लव नेतृत्वको नेकपा परित्यागको घोषणा गरेका हुन् । उनीहरुले माओवादी केन्द्रलाई पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment