Comments Add Comment

ऐश्वर्यदेखि प्रियंकासम्म, जसलाई साधारण जवाफले विश्व सुन्दरी बनायो


कतिपय सवाल जवाफ यस्तो हुन्छ कि सामान्य प्रश्नको सामान्य जवाफले पनि मान्छेको जीवन बदलिन्छ । भारतकी मानुषी छिल्लरको जीवनमा अहिले यस्तै भएको छ । चोटिलो जवाफकै कारण विश्व सुन्दरीको उपाधी जित्न सफल भइन् मानुषी ।

प्रतियोगिताको अन्तिममा मानुषीलाई सोधिएको थियो कि-‘दुनियाँमा कुन पेसामा लागेकाले सबै भन्दा धेरै तलब पाउनुपर्छ ? उनले भनिन्-‘मेरी आमा मेरो सबै भन्दा ठूलो प्रेरणा हो । त्यसकारण म भन्छु ‘आमाको पारिश्रमिक सबै भन्दा धेरै हुनुपर्छ । केवल पैसाको मात्रै कुरा गरिनुहुन्न । प्रेम र सम्मानको पनि मुल्यांकन हुनुपर्छ । संसारका कुनै पनि आमा सम्मानका हकदार हुन्छन् ।’ उनलाई यहि जवाफले विश्वकै चर्चित सुन्दरी प्रतियोगीताको उपाधि दिलायो ।

मानुषी नै पहिलो सुन्दरी होइनन्, जो विश्व सुन्दरी हुन सफल भइन् । यसअघि अन्य पाँच सुन्दरीले विश्व सुन्दरीको उपाधी जितिसकेका छन् । हेरौं कुन सुन्दरीले कस्तो जवाफ दिएका रहेछन्ः

रीता फारियाः रिता फारिया भारत एवं एशियाको पहिलो महिला थिइन् जसले मिस वल्डको उपाधी जितेकी थिइन् । रिता धेरै समय मोडलिङमा सक्रिय रहिनन् । उनी पछि डक्टर बनेर समाजसेवामा लागिन् । प्रतियोगितामा सहभागी हुँदै गर्दा उनी डक्टर पढ्दै थिइन् । उनलाई अन्तिम राउण्डमा सोधिएको थियो । ‘तपाई किन डाक्टर बन्न चाहनुहुन्छ ? उनले जवाफमा भनेकि थिइन्-‘भारतमा महिला विशेषज्ञको जरुरी छ । भारतमा वालबालिका धेरै छन् । यसमा धेरै काम गर्न जरुरी छ ।’

ऐश्वर्या रायः सन् १९९४ मा मिस वल्ड भएकी ऐश्वर्या रायलाई सोधिएको थियो-‘तपाई विश्व सुन्दरी हुनुभयो भने के-के गर्नुहुन्छ । मिस वल्डमा कस्तो क्षमता हुनुपर्छ ? उनले जवाफमा भनिन्-‘यदि म मिस वल्ड भएँ भने आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्छु । शान्ति, सौहार्द र दयाका सद्भावना दुत बन्ने प्रयास गर्नेछु । किनकी मैले ‘ब्युटी विथ पर्पज’ उद्देश्यमाथी न्याय गर्न सकुँ । याद रहोस् साथीहरु म हमेश तपाइहरुको साथमा हुने छु ।’

डायना हेडनः सन् १९९७ मा मिस वल्डको उपाधि जितेकी डायना हेडेनलाई आयोजकले फरक र सामान्य प्रश्न सोधेका थिए । ‘तपाई मिस वल्ड बन्नु भयो भने पुरस्कारमा आएको पैसा के गर्नुहुन्छ ? दान गर्न सक्नुहुन्छ ?

उनले जवाफमा भनिन्-‘मैले आफुले पाएको राशी अरु कसैलाई किन दिनु ? यो पैसा म आफ्नो साथीभाइ र परिवारका सदस्यको बिचमा खर्च गर्छु ।’ पछि एक अन्तरवार्ताको क्रममा डायनाले भनेकी थिइन्-‘आयोजकले सोचेका थिए होलान् म यो पैसा पृथ्वी बचाउनका लागि खर्च गर्छु भनेर भन्छु । मेरो जवाफले आयोजक चक्मा खाए ।’

युक्ता मुखीः सन् १९९९ मा मिस वल्ड भएकी युक्तालाई सोधिएको थियो ‘तपाइलाई मन पर्ने खाना कुन हो ? तपाई केही बन्नु भयो भने कुन देश जान चाहनुहुन्छ ?’
‘म बीस वर्षदेखी भारतीय खाना खाइरहेकी छु ।’ उनले भनिन्-‘भारतीय खाना मलाई कहिल्यै नमिठो हुन्न । तर, मेरो मन पर्ने खाना थाइफुड हो । भारतको अतिरिक्त म पेरिस, प|mान्स जान चाहन्छु । म ती मुलुकमा अहिलेसम्म गएकी छैन ।’

प्रियंका चोपडाः १७ वर्ष अघि मिस वल्ड उपाधि जितेकी प्रियंका चोपडालाई सोधिएको थियो कि-‘गएको वर्ष पनि भारतीय सुन्दरी विनर थिए, त्यसकारण तपाई दवावमा हुनुहुन्छ र तपाई कुन महिलाबाट असाध्यै प्रभावित हुनुहुन्छ ?

जवाफमा भनिन्-‘मलाई दबाब महशुश हुँदा असाध्यै मनपर्छ । जव दबाब पर्छ अनि म उत्साहित हुन्छु र कामका लागि जोशिन्छु ।’ आफु मदर टेरेसावाट प्रभावित भएको उनले बताएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment