Comments Add Comment

टुरिजमसँग मर्जरको लागि मेगाले फेरी बोलायो साधारण सभा

५ मंसिर, काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको निर्णय लिन मेगा बैंक नेपालले पुनः विशेष साधारण सभा बोलाउने भएको छ ।
सोमबार बोलाइएको विशेष साधारण सभामा आवश्यक कोरम नपुगेकाले अर्को साधारण सभा आह्वान गर्न लागिएका मेगा बैंक संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले बताए । अर्को साधारण सभा आह्वान गरी टुरिजमसँगको मर्जर प्रक्रिया तत्काल टुंगोमा पुर्याउन सेयरधनीले संचालक समितिलाई अनुमति दिएका छन् । अर्को विशेष साधारण सभा छिट्टै बोलाइने बैंकले उल्लेख गरेको छ ।

यसैबीच, दुई जना सेयरधनीले साधारण सभा रोक्नका लागि पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गरी दिएको निवेदनमा अदालतले साधारण सभा रोक्न नपर्ने गरी सोमबारै आदेश समेत जारी गरेको छ ।

साधारण सभा अघि बढाउन अब बैंकलाई कानुनी रुपमा कुनै बाधा अड्चन नभएको बैंकले जानकारी गराएको छ ।

टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि मेगा बैंक चुक्ता पुँजीका आधारमा नेपालका बाणिज्य बैंकहरुमध्येकै एउटा ठूलो बैंक हुनेछ ।

मेगा बैंकको एउटा एक्सटेन्शन काउन्टरसहित ४८ वटा शाखा कार्यालय छन् । यसैगरी, टुरिजमले ३२ वटा शाखा छन् । मेगा र टुरिजम दुवैले यो आर्थिक बर्षमा नयाँ शाखाहरु पनि थप्ने तयारी गरिरहेका छन् ।

मर्जरपछि मेगा बैंकको शाखा कार्यालय १ सय भन्दा बढी पुग्ने बैंकका सिइओ अनिलकेशरी शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment