Comments Add Comment

‘मिस एन्ड मिस्टर कोशी’को अडिसन सुरु


जय मिडियामा म्यानेजमेन्टले आयोजना गर्न लागेको ‘मिस्टर एण्ड मिस कोसी २०१८’को अडिसन सुरु भएको छ । यो प्रतियोगीताको चौथो अडिसन हो । पहिलो अडिसनमा ‘मिस्टर कोशी’का लागि १२ जना र ‘मिस कोशी’का लागि ८ जनाले अडिसन दिएका छन् ।

पुषको अन्तिम साता हुने फाइनलमा विजेताले नगद १ लाख सहित टाइटल जित्नेछन् । यस्तै, उनले चाँदीको क्राउन समेत पाउनेछन् । अध्यक्ष जयराज रायका अनुसार यो प्रतियोगीताको उत्कृष्ट ३ मा पुग्नेले ‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल’ प्रतियोगीतामा समेत प्रतिस्पर्धा गर्न पाउनेछन् ।

गतबर्ष ‘मिस कोशी’की सेकेन्ड रनरअप सोनिटा दाहाले सो प्रतियोगीतामा सहभागी भएकी थिइन् । दोश्रो अडिसन भने आगामी मंसिर ९ गते इटहरीमा र १६ गते विराटनगरमा हुनेछ । यस्तै, चौथो अडिसन १७ गते इटहरीमा नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment