Comments Add Comment

बेलायतको सडकमा प्रदिप र जसिताको प्रेम


चलचित्र ‘लिलिबिली’मा नायक प्रदिप खड्काको आमाको भूमिकामा नायिका प्रियंका कार्की देखिन लागेको खबरले चलचित्र बजार तातिएको छ । यो खबर सार्वजनिक भैरहँदा यसको निर्माणपक्षले भने वेलायतमा छायांकन भैरहेको चलचित्रका केही तस्बिर सार्वजनिक गरेको छ ।

चलचित्रमा नायक प्रदिप खड्का र नव-नायिका जसिता गुरुङको मुख्य भूमिका छ । चलचित्रका निर्माता गोविन्द शाहीले मिडियालाई उपलब्ध गराएको तस्बिरमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको प्रेमभाव देखिएको छ ।

निर्माता गोविन्द शाहीले चलचित्रको ३० प्रतिशत छायांकन सकिएको बताए । उनले, यूके र स्कटल्याण्डका रोमान्टिक दृश्यमा चलचित्र खिचिएको समेत स्पष्ट पारेका छन् ।

मिलन चाम्सको निर्देशनमा तयार भैरहेको चलचित्रमा प्रदिप खड्का, जसिता गुरुङको साथमा नायिका प्रियंका कार्कीको पनि मुख्य भूमिका छ । नायिका प्रियंका कार्की चलचित्रमा प्रदिपकी आमाको भूमिकामा हुन् त भन्ने प्रश्नमा गोविन्दले भने-‘उनी आमाको भूमिकामा होइनन् । तर, सबै भूमिका अहिले नै खोल्न मिल्दैन ।’

चलचित्रलाई नयाँ बर्षको छेकोमा रिलिज गर्ने तयारी गरिएको छ । यदि, यो मितिमा चलचित्र रिलिज नभएको खण्डमा वैशाख १४ गते रिलिज गर्ने निर्माता शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment