Comments Add Comment

एनआरएन अस्ट्रेलियामा ६ जना मनोनयन

डेड दर्जन कार्यदल छिट्टै बन्ने संकेत, के छन् नयाँ सदस्यका योजना

२१ नोभेम्बर, सिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको हालै बसेको बैठकले रिक्त पदहरुमा मनोनित गरेर कार्यसमितिलाई पूर्णता दिएको छ ।

चार जना रास्ट्रिय समिति सदस्य र दुर्इ जना कार्यसमिति सदस्य गरी जम्मा ६ जनालाई बैठकले मनोनित गरेको हो ।

प्रबक्तामा दिला खरेल र पब्लिक अफिसरमा भिम खरेललाई नियुक्त गरिएको अध्यक्ष तोनु घोतानेले बताए ।

त्यस्तै अन्य राष्ट्रिय समिति सदस्हरुमा मुरारी लम्साल, अच्युत अधिकारी, परशुराम अधिकारी र उद्दव भट्ट रहेका छन् ।

‘अस्ट्रेलियाको गैरआवासीय नेपाली अभियानमा विभिन्न तरिकाले योगदान गरेका व्यक्तिहरुको सन्तुलित टिम हामीले मनोनायन गरेका छौ ।’ अध्यक्ष तोनु घोतानेले अनलाइनखबरलार्इ भने ।

मनोनित भएका नयाँ पब्लिक अफिसर भिम खरेलले आफूले आफ्नो कार्यकालमा अस्ट्रेलियामा विद्यार्थीहरुका समस्या समाधानका लागि काम गर्ने बताए ।

स्तै एनआरएनए अस्ट्रेलियालाई संघीय सरकारमा दर्ता गर्ने काममा आफूले कार्यसमितिलाई सघाउने पनि उनले बाताए ।

नवनियुक्त प्रबक्ता डीला खरेलले अस्ट्रेलियामा भएका बुद्द गुम्बाहरुमा नेपालको झण्डा फहराउने र नेपाल पर्यटन प्रबर्दनका साथै नेपाल र अस्ट्रेलियाका मिडियाहरुबीच अन्तरक्रिया बढाउने बताए ।

नवनियुक्त रास्ट्रिय समिति सदस्य मुरारी लम्सालले आफू सँस्थाले दिएको जिम्मेवारीलाई कुशलतापूर्बक बहन गर्ने बताए ।

अर्का सदस्य परशुराम अधिकारिले अस्ट्रेलिया आउने विद्यार्थीका लागि जानकारी मुलक पुस्तिका प्रकाशन गर्ने बताए ।

पूर्वी राज्य कुइन्स्ल्यान्डबाट मनोनित गरिएका अच्युत अधिकारीले आफू एनआरएन भित्र पारदर्शिताका पक्षमा र राजनीतिकरणका बिरुद्दमा उभिने बताए ।उनले भने-‘नेपालबाट हामी निकै टाढा आइसकेपछि नेपालको राजनीतिको छाँया यहाँका सामाजिक सँस्थामा देखिनु राम्रो होइन ।’

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष तोनु घोतानेले गैरआवासीय नेपाली संघलाई नेतृत्व गर्न योग्य दर्जनौ सामाजिक नेताहरु भएपनि सबैलाई मनोनयन गर्न नसकिएको बताए । तर, सबैको नेतृतव क्षमता र योग्यताको आफूले सधै कदर गर्ने र विभिन्न कार्यदलहरु मार्फत निरन्तर सहयोग लिने बताए ।

एनआरएन अस्ट्रेलियाका महासचिब नारायण कोइरालाले उक्त बैठकले आर्थिक संकलनका लागि अध्यक्षको नेतृत्वमा पाँच सदश्यीय टिम निर्माण गरिएको , अस्ट्रेलियाभरी नेपाली सामुदायिक केन्द्र निर्माणको लागि बिशेष अभियान संचालन गर्ने , नेपालका बैज्ञानिक महाबिर पुनको आविष्कार केन्द्र निर्माणको अभियानका लागि एनआरएन अस्ट्रेलियाको पहलमा संकलन भएको रकम हस्तान्तरण गर्ने र आगामी फेब्रुअरीसम्म एनआरएन अस्ट्रेलियालाई संघीय संरचनामा दर्ता गर्ने बारे भएको प्रगतिको समिक्षा भएको बताए ।

निर्णयमा केहीको असहमति

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको पछिल्लो बैठकले गरेका निर्णयमा केही सदस्यहरुले सात वटा बुँदामा असहमति रहेको बताउँदै प्रेस बक्तब्य जारी गरेका छन् ।

बक्तब्यमा उनीहरुले भनेका छन् – यही नोभ्म्वर १९ तारिख आइतवारका दिन आयोजित एनआरएनए अष्ट्रेलियाको कार्यसमिति -एनसीसी वैठकमा अध्यक्ष टोनु घोतानेले अमर्यादित तवरले विधान साँगठनिक प्रकिया र पदीय आचरण विपरीत एकलौटी रुपमा कार्यसमितिमा प्रवक्ता, जनसम्पर्क अधिकृत तथा सदस्यहरु मनोनयन गर्नु भएको छ । सो गैरजिम्मेवार मनोनयनका विषयमा हाम्रो गम्भीर आपत्ती र असहमति भएको स्पष्ट पार्न चाहन्छौ ।’

असहमतिसहित बक्तब्य जारी गर्नेहरुमा उपाध्यक्ष अशोक केसी, कोषाध्यक्ष अच्यूत शर्मा थपलिया, सदस्यहरु अजय राजवंशी, अमित गिरि, दिपक तिवारी, नवीन सागर शर्मा, गीता लम्साल, सुनिल थापा र सुरेश रेग्मी रहेका छन् ।

तर अध्यक्ष तोनु घोतानेले निर्णयहरु सबै स्वस्थ बहसबाटै गरिएका र केही पदाधिकारीको असहमति भएको स्वीकार गरे । उनले भने – आरोपहरु सही होइनन,सबैको मतको कदर गरिएको छ तर सबै मतमाथि निर्णय गर्न सकिएन ।’ उनले आगामी दिनमा ती मतहरुको अन्य तरिकाले सम्बोधन गरिने बताए ।

आगामी वर्षका लागि डेड दर्जन कार्यदल बन्ने

आफ्नो दुर्इ बर्षे कार्यकालका लागि एनआरएन अस्ट्रेलियाले डेड दर्जन कार्यदल बनाउदै छ ।

जसमा केही पुराना कार्यसमितिका कामहरु सम्पन्न गर्न र केही नयाँ कामका लागि कार्यदलहरु बन्दै छन् ।

आगामी शनिबार बस्ने अर्को बैठकले आकस्मिक उद्दार समिति, सामाजिक कल्याणकारी कोष समिति , सामाजिक कल्याणकारी नीति ब्यबस्थापन समिति , सामुहिक लगानी समिति , नेपाल महोत्सव आयोजक समिति , खेलकुद समिति , सिप ज्ञान र आविस्कार सम्बन्धि समिति , ब्यापार समंवोय समिति , पाथिभारा श्रद्दश्रम ब्यबस्थापन समिति , कल्याणकारी यात्रा, एनआरएन थिंक ट्यांक , सामुदायिक सँस्था समन्वय तथा ब्यबस्थापन , नेपाली पाठशाला, एक नेपाली एक घण्टा अभियान , सदस्यता सुद्दिकरण , नेपाली भाषा तथा साहित्य सम्बन्धी, समाचार पत्र प्रकाशन र सँस्कृति प्रबर्धन सम्बन्धी समिति गरी डेड दर्जन कार्यदलहरु बन्ने र यसमा सबैलाई समेटिने महासचिब कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment