Comments Add Comment

प्रदेश सातको एकमात्र हेमोडायलाइसिस सेवा बन्द

५ मंसिर, कैलाली । सात नम्बर प्रदेशमै एकमात्र सेती अञ्चल अस्पतालमा मिर्गौला रोगीहरुका लागि उपलब्ध हेमोडायलाइसिस सेवा बन्द भएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. कपील गौतमले अस्पतालमा रहेका ४ वटा हेमोडायलाईसिस मेशिन मध्ये ३ वटा विगि्रएकाले नियमित रुपमा मृर्गौलाको हेमोडायलाइसिस सेवा लिइरहेका विरामीहरुलाई सेवा दिन असमर्थ रहेकोले आजैबाट हेमोडायलाईसिस सेवा वन्द गरिएको जानकारी दिए ।

उनले आपतकालिन अवस्थामा आउने विरामीहरुका लागि एउटा मेशिन चालु अवस्थामा रहेको बताए ।

डा. गौतमले अस्पतालमा रहेकेा २ वटा चाइनिज मेशिन र एउटा जर्मनीमा बनेको मेशिन विगि्रएको बताउँदै त्यसबारे जानकारी मन्त्रालयमा गराए पनि अहिलेसम्म मर्मतका लागि कोही पनि नआएकोले बाध्य भएर सेवा बन्द गर्नु परेको बताए ।

उनले मेशिन विगि्रएकोबारे मन्त्रालयलाई गत कार्तिक २७ गते नै पत्राचार गरिएको बताए ।

सेवा वन्द भएपछि यहाँबाट सेवा लिइरहेका विरामीहरुलाई समस्या भएको छ । अव उनीहरुले उक्त सेवा लिनका लागि नेपालगंज अथवा अन्यत्र जानुपर्ने बाध्यता छ ।

एक वर्ष अघि नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर बाट २ वटा जर्मनी र स्वास्थ्य सेवा विभागबाट २ वटा चाइनिज मेशिन ल्याएर अस्पतालले सेवा शुरु गरेको थियो ।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले गत वर्ष असोज १८ गते उक्त सेवाको शुभारम्भ गरेका थिए । तर अस्पतालमा दक्ष कामदार नभएका कारण कात्तिक ३ गतेबाट मात्रै मिर्गौला रोगीहरुलाई सेवा दिन थालेको थियो ।

अस्पतालमा अहिले २८ जना मिर्गौलाका विरामीहरुले हेमोडायलाइसिस सेवा लिइरहेको अस्पतालले जानकारी दिएको छ । जसमा हप्तामा दुईपटक हेमोडायलाइसिस लिने विरामी २१ जना र साप्ताहित हेमोडायलाईसिस लिने ७ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment