Comments Add Comment

आईएस समाप्त भएको इरानी राष्ट्रपतिको घोषणा

५ मंसिर, काठमाडौं । इरानका राष्ट्रपति हसन रुहानीले इस्लामिक स्टेट (आईएस) समाप्त भएको घोषणा गरेका छन् ।

राष्ट्रपति रुहानीले ‘भगवानको मार्गदर्शन र जनताको प्रतिरोध’का कारण आईएस अन्त्य भएको बताएका हुन् । राष्ट्रिय टीभीमार्फत सम्बोधन गर्दै उनले भने, ‘अवशेष बाँकी रहने तर, आधार र जडहरु ध्वस्त भएका छन् ।’

इरानको रिभोलुस्नरी गार्डका सिनियर कमाण्डरका मेजर जनरल कुसेम सुलेमानीले पनि देशका सर्वोच्च नेतालाई पठाएको सन्देशमा आईएस समाप्त भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment