Comments Add Comment

गोरखाका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिने

५ मंसिर, गोरखा । पहिलो चरण अन्तर्गत यही मंसिर १० गते हुने पहिलो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि गोरखामा तीनवटा मतदान केन्द्र महिलामैत्री हुने भएका छन ।

गोरखा नगरपालिकाको बालमन्दिर मावि छहरे, सरस्वती मावि आहाले र द वर्ल्ड क्यापिटल रानिवनको ‘ख’ मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिने जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

उक्त मतदान केन्द्रहरुमा कर्मचारी सँगै सुरक्षाकर्मीहरु पनि महिला मात्र खटिनेछन् ।

बालमन्दिर मावि छहरेमा गोरखा दरवार हेरचाह अड्डाकी प्रमुख मञ्जु सिं भण्डारीलाई मतदान अधिकृत तोकिएको छ ।

उनी सँगै अन्य आठ जना महिला कर्मचारी उक्त केन्ऽमा खटिने जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताए । गोरखा क्षेत्र नम्वर १ मा पर्ने उक्त केन्द्रमा ८६१ जना मतदाता रहेका छन् ।

सरस्वती मावि आहालेको केन्ऽमा महिला तथा बालबालिका कार्यालय प्रमुख सुशीला वाग्लेलाई मतदान अधिकृत तोकिएको छ । उनी सँगै अन्य आठ जना महिला कर्मचारी खटिनेछन् । गोरखा क्षेत्र नम्वर २ मा पर्ने उक्त मतदान केन्द्रमा ९३२ जना मतदाता रहेका छन् ।

द वर्ल्ड क्यापिटल रानिवनको ‘ख’ मतदान केन्द्रमा जिल्ला अस्पताल गोरखाकी डा. अनमिका कर्ण मतदान अधिकृतको रुपमा खटिने जिल्ला निर्वाचन अधिकारी सापकोटाले बताए ।

८४० जना मतदाता रहेको उक्त केन्द्रमा कर्ण सँगै अन्य आठ जना महिला कर्मचारी खटिनेछन् । उक्त केन्द्र गोरखा क्षेत्र नम्वर २ मा पर्छ ।

महिलाहरुलाई नेतृत्वको अवसर प्रदान गर्ने उदेश्यले केही मतदान केन्द्रमा महिला मैत्री बनाइएको निर्वाचन अधिकारी सापकोटाले बताए । ‘महिला पनि पुरुष भन्दा कम छैनन्, दिएको जिम्मेवारी पुरुष सरह बहन गर्न सक्छन् भन्ने पुष्टि गर्नका लागि केही केन्द्रहरु उहाँहरुलाई जिम्मा लगाइएको हो, यसले उहाँहरुलाई थप जिम्मेवारी बहन गर्न सहयोग पुग्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment