Comments Add Comment

कीर्ते धन्दाः १२ हजारमा बनेको नक्कली सर्टिफिकेट साढे ३ लाखमा विक्यो

Caught

५ मंसिर, काठमाडौं । सिन्धुली तीन पाटनका रुद्रबहादुर मोत्तानलाई अमेरिकाको ईडीभी चिठ्ठा पर्‍यो । तर, प्लस टुको सर्टिफिकेट नभएपछि उनले नक्कली प्रमाणपत्रको खोजीमा लागे ।

उनी काभ्रेका देवराज तामाङको सम्पर्कमा पुगे, जो पेशाले विद्यार्थी थिए । उनले सर्टिफिकेट बनाइदिन्छु भन्दै रुद्रसँग ३ लाख ५० हजार लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार नक्कली सर्टिफिकेट बनाउने सुरेश शाहीले १२ हजार रुपैयाँमै बनाएका थिए । तर, रुद्रसम्म पुग्दा ३ लाख ५० हजार परेको छ ।

रुद्रसँग साढे ३ लाख बुझेका रुद्रले सेक्युअर्ड लाइफ कन्सलटेन्सीमा काम गर्ने अनिललाई ४५ हजार दिएको पाइएको छ ।

उनले सत्य सूर्यविनायक कम्युनिकेशनका सञ्चालक विशाल जंग शाहीलाई नक्कली सर्टिफिकेट बनाउन ३० हजारमा दिए । शाहीले शुरेससँग १२ हजारमै नक्कली सर्टिफिकेट बिनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

नक्कली सर्टिफिकेट बनाउृने कार्यक्रममा संलग्न ८ जनालाई प्रहरीले पक्राउ परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment