Comments Add Comment

देउवालाई ओलीको जवाफः कम्युनिष्ट सरकार बन्यो बन्यो

फाइल तस्वीर

५ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकार बन्न कसैले रोक्न नसक्ने बताएका छन् । कांग्रेसका नेताहरुले कम्युनिष्ट सरकार बन्यो भने लोकतन्त्र खतरामा पर्छ भनेर अफवाह फैलाएको भन्दै ओलीले भने, ”माइकबाट सुन्ने गरी भन्न चाहन्छु । कम्युनिष्ट सरकार बन्यो बन्यो, वामपन्थीको सरकार आयो आयो ।”

भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेससामू साक्षी किनारा बनी डिलमा बसेर हेर्नुको विकल्प नभएको बताए । ओलीले वामपन्थी सरकार बनेपनि कांग्रेस भने जस्तो लोकतन्त्र खतरामा भने नपर्ने बताए । उनले भने, भने, ”लोकतन्त्र हामी दिन्छौं, लोकतान्त्रिक अभ्यास हामी गर्छौ । किन चिन्ता गर्नुहुन्छ ?”

ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको ओलाचना गर्दै नाकाबन्दीको विरोध गर्न नसकेको बताए । आफू सरकारमा आएपछि मात्र नाकाबन्दी हटेको भन्दै उनले भने, ”त्यसबेला तपाई मुखमा पानी हालेर बस्नु भएको थियो ? होइन भने शेरबहादुरजीले नाकाबन्दी लगाउन पाइँदैन भनेको मलाई देखाइदिनुस् ।”

अहिले पनि भएको गृहमन्त्रीलाई विना विभागीय बनाएको र सुरक्षा दिन नसकेको बताए । उनले भने, ”भएको गृहमन्त्री हटाउनुभयो । बम पड्किएको पड्किएकै छ, उहाँ चुप लागेर बस्नु भएको छ ।”

भरतपुरको आमसभामा आउन लागेका सार्वसाधारणलाई रोकेको गुनासो आएको भन्दै एमाले अध्यक्ष ओलीले निश्पक्ष भूमिका खेल्न सुरक्षा निकाय र प्रशासनलाई आग्रह समेत गरेका छन् । उनले भने, ”हामीलाई मदत चाहिएन, निश्पक्ष भूमिका हुनुपर्छ । कुनै एउटा पार्टीको पक्षमा लाग्यो भने सरकारी कर्मचारीको भूमिका होइन ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment