Comments Add Comment

नेकपाका ३४ कार्यकर्ता पक्राउ

५ मंसिर, इलाम । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का ३४ जना कार्यकर्ता पक्राउ परेका छन् ।
प्रहरीले मेचीका इलाम, पाँचथर, झापा र ताप्लेजुङ्कबाट ३४ जना विप्लवका कार्यकर्ताहरु पक्राउ गरेको हो ।

इलाममा चार, झापामा नौं, ताप्लेजुङ्गमा नौं र पाँचथरमा १२ जना गरी ३४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाममा महिला विभाग प्रमुख इलाम नगरपालिका-५ की बसुन्धरा कार्की, इलाम नगरपालिका-११ सोयाकका सञ्जिव फागो, देउमाइ नगरपालिका-८ का ६६ वर्षीय माहेन बराल र इलाम नगरपालिका-१ साँखेजुङ्गका विशाल राईलाई प्रहरीले पक्राउ गरेको हो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा डरत्रास सिर्जना गरेको भन्दै प्रहरीले उनीहरुलाई विभिन्न समयमा पक्राउ गरेको हो ।

उनीहरुलाई खोजी गर्ने क्रममा बाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेश बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment