Comments Add Comment

गोंगबुका प्रहरी निरीक्षक सुनुवार घुससहित पक्राउ

५  मंसिर, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, गोंगबुका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनुवार घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

बसपार्क एरियाको एक होटलमा पैसाको बार्गेनिङ गर्दै गर्दा उनी पक्राउ परेको अख्यितार दुरुपयोग अनुसन्धान आयोगका सह–सचिव एवं प्रवक्ता जीवराज कोइरालाले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment