Comments Add Comment

जुम्लाका दुर्गाबहादुर बुढाले जिते नेपालगन्ज म्याराथनको उपाधि

५ मंसिर, नेपालगन्ज । ‘नेपालगन्ज म्याराथन’को तेस्रोे संस्करणको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन् । बिभागीय खेलाडीहरुलाई पछि पार्दै दुर्गाले निर्धारित दूरी २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गरे ।

विजेता बुढा बाहेक शीर्ष ८ मा सबै स्थान विभागीय टोलीका खेलाडीले कब्जा गरेका छन् । दुर्गाभन्दा २२ सेकेण्ड पछि दूरी पूरा गरेका नेपाली सेनाका खड्गबहादुर खत्रीले दोस्रो स्थानमा चित्त बुझाए ।

सशस्त्र प्रहरीको एपिएफका गणेशसिंह ठकुरी २ घण्टा २८ मिनेट ३५ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो भए ।

विजेता दुर्गाले ५५ हजार, उपबिजेता खत्रीले २५ हजार, तेस्रो हुने ठकुरीले १५ हजार रुपैयाँ पुरस्कार पाए । त्यस्तै चौथोदेखि आठौं स्थानका बिजेताले क्रमसः १०, ८, ७, ६, ५ हजार पुरस्कार पाए ।

यसैगरी महिला हाफ म्याराथनको शीर्ष तीनमा विभागका खेलाडीकै कब्जा रहृयो ।

१ घण्टा २४ मिनेट ४५ सेकेण्डमा दूरी पूरा गर्दै आर्मीमी रेसु बस्नेतले उपाधि जित्दा १ घन्टा २८ मिनेट ०६ सेकेन्डमा दूरी पूरा गरेकी आर्मीकै चन्द्रा राउत दोस्रो र त्यसको करिब २ मिनेटपछि दूरी पूरा गरेकी एपिएफकी कृष्णेश्वरी सिन्तकला तेस्रो भइन् । उनीहरुले क्रमसः ३०, १५ र १० हजार पुरस्कार पाए ।

५ किलोमिटर दौडमा छात्रातर्फ जुम्लाकी राममाया बुढा र छात्रतर्फ नरेश बुढा विजयी भए । राममायाले १९ मिनेट ४२ सेकेन्डमा तथा नरेशले १६ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरेका थिए ।

हृविलचियरतर्फ कमल बुढा पहिलो, नन्कु थारु दोस्रो र दीपक दराई तेस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment