Comments Add Comment

साथीलाई वर्ल्डलिंक जोड्ने सल्लाह दिनेलाई स्मार्ट फोन र तीन महिना निःशुल्क सेवा

५ मंसिर, काठमाडौं । साथीलाई वर्ल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनेलाई कम्पनीले स्मार्टफोन दिने भएको छ । कम्पनीले यस्तो योजनाका साथमा ‘एक कान, दुई कान’ अफरको सुरुवात गरेको छ ।

आफ्ना साथीभाई या नातागोतालाई वर्ल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत तीन महिनासम्म निशुल्क इन्टरनेट र नेट टिभीबाटै टिभी हेर्न पाउने गरी अफर आएको हो । साथै त्यस्ता ग्राहकले स्मार्ट फोन समेत पाउनेछन् ।

यो अफर पाउनका लागि आफन्त लगायत साथीहरुलाई वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्न सल्लाह दिने शर्तको पालना गर्नुपर्नेछ ।

तपाइर्ंले एक जनालाई सल्लाह दिएर उनले वल्र्डलिंकको सेवा जडान गरे भने तपाईे र साथीले एक-एक महिना वर्ल्डलिंकको निःशुल्क इन्टरनेट सेवा चलाउन पाउनुहुनेछ ।

त्यस्तै एकजनाले तीन जनालाई सल्लाह दिएर वर्ल्डलिंकको सेवा जडान गराए तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा चलाउनु पाउनेछन् । साथै साथीहरुले पनि एक महिना निःशुल्क सेवा चलाउनु पाउने कम्पनीले जनाएको छ ।

सल्लाह मानेर चारजनाले वर्ल्डलिंकको नेट जडान गरेमा तीन महिनाको इन्टरनेट र नेटटिभी निशुल्क पाउनेछन् । साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउनु पाउनेछन् ।

तपाईंकै सल्लाहमा छ जनाले सेवा जडान गरेमा तीन महिनाको इन्टरनेट र तीन महिनाको नेटटीभी निःशुल्क दिइनेछ । यस्ता ग्राहकलाई स्मार्ट फोन उपहार दिइने रसाथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउनु पाउने वर्ल्डलिंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment