Comments Add Comment

रौतहट वम काण्डका घाइतेलाई प्रचण्डले भेटे

५ मंसिर, चितवन । रौतहटको चन्द्रपुरमा वाम गठवन्धनको चुनावी कार्यक्रममा सहभागी हुँदा बम विस्फोटमा परि घाइते भएका पीडितहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलवार साँझ भेटेका छन् ।

चितवनको चुनावी सभामा सहभागी हुन आएका अध्यक्ष प्रचण्ड आफैं पुत्र वियोगको पीडामा छन् । यसलाई भुल्दै अध्यक्ष प्रचण्ड चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरु भेट्न पुगेका थिए ।

गएको मंसिर २ गते सभामा सहभागीहरुमाथि अज्ञात समूहले वम विस्फोट गराउँदा ८ जना घाइते भएका थिए । एमालेका स्थानीय नेता कृष्णराज न्यौपानेले पीडितहरुसँग प्रचण्डलाई भेटाएका थिए । भेटमा अध्यक्ष प्रचण्डले घाइतेहरुलाई सान्वना दिए ।

घटनामा ६ वर्षीय वालकसहित जैविक राईसहित उनकी आमा सरिता राई घाइते भएका थिए ।

प्रचण्ड अस्पताल पुगेपछि सर्वसाधारणले पनि प्रचण्डप्रति सहानुभूति व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment