Comments Add Comment

राजीनामा दिए अष्ट्रेलियाका फुटबल प्रशिक्षकले


६ मंसिर, काठमाडौं । अष्ट्रेलियाका फुटबल प्रशिक्षक एन्ज पोस्तेक्ग्लुले राजीनामा दिएका छन् ।

उनकै प्रशिक्षणमा अष्ट्रेलियाले एक साता अघि रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाएको थियो । प्ले-अफमा होण्डुरसलाई ३-१ ले हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट भएको थियो ।

५२ वर्षीय एन्जले राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी आफ्नो लागि भारी भएको र अब आराम गर्नका लागि राजीनामा दिएको बताएको बीबीसीले लेखेको छ ।

उनी सन् २०१३ देखि अष्ट्रेलियाको राष्ट्रिय फुटबल टिमको प्रशिक्षक रहँदै आएका थिए । उनले टिम सम्हालेपछि अष्ट्रेलिया ४९ मध्ये २२ खेलमा विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment