Comments Add Comment

क्लिन्टन फाउन्डेसनद्वारा नेपाली चेली सम्मानित

सम्मानपछि आफ्ना भनाइ राख्दै अमात्य

अमेरिका । अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनद्वारा सञ्चालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कञ्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनीसीएटीभ अनर रोल अवार्ड–२०१७ द्वारा सम्मान गरेको छ ।

फाउन्डेसनको १० औं वार्षिकोत्सवको अवसरमा बोस्टनमा आयोजित एक समारोहका बीच अमात्यलाई सम्मान गरिएको हो ।

फाउन्डेसनले विश्वकै सफल युवा, प्रतिवद्ध नेता र सामाजिक उद्यमीहरुलाई यस्तो सम्मान प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन, उनकी छोरी चेल्सी क्लिन्टनसहित ९० देशका झन्डै १ हजार ५ सय नेतृत्वहरु भेला भएका थिए ।

काठमाडौँको सेन्ट मेरिजबाट विद्यालय तहको अध्ययन सकाएकी अमात्यले नर्बेको युनाईटेड वर्ल्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी हुन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् ।

उनले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको कार्यालयमा भएको विज्ञान तथा प्रविधि नीति विषयक गोष्ठीमा प्रस्तुतिसमेत गरिसकेकी छन् । राष्ट्र संघको साधारणसभामा वक्ता बनेर झन्डै ३५ लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकी छिन् ।

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन्स इकोनोमिक इम्पावर मेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेशन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तरराष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी सद्भावना दूतलगायत परियोजनामा समेत उनले काम गरिसकेकी छन् ।

अमात्य हालसालै २०१७ एभ्रीडे योङ्ग हिरो अवार्ड द्वारा समेत पुरस्कृत भएकी थिइन् । २५ वर्ष मुनिका १ सय जना छानिएकामा सबैलाई पछि पार्दै उनी पुरस्कृत भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment