Comments Add Comment

१२ वर्षको बच्चा, तर चार करोडमा किन्यो कारको नम्बर प्लेट


कार भन्दा धेरै महंगो कारको नम्बर प्लेट । अझ त्यस्तो बहुमूल्य नम्बर प्लेट खरीद गर्ने एउटा १२ वर्षे बच्चा ।

सायद यो समाचार सुरुमा सुन्दा पत्यार गर्न गाह्रो हुन्छ । तर युएइको अबुधावीमा चाहिँ एक १२ वर्षे बच्चाले एउटा कारको विशेष नम्बर १५ लाख दिरहाम अर्थात् झण्डै ४ करोड रुपैयाँमा खरीद गरेका छन् ।

अबुधाबी पुलिसले ११११ नम्बरको गाडीको नम्बर प्लेट लिलामीमा राखेको थियो । पुलिसले विभिन्न सामाजिक कार्यका लागि पैसा जुटाउन यस्ता युनिक नम्बर प्लेट बेला बेलामा लिलामीमा बेच्ने गर्दछ । र, योपटक पुलिसले बिक्रीमा राखेको उक्त नम्बर प्लेट खलिफा अल मजरुइ नामको बच्चाले सबैभन्दा धेरै अर्थात् १५ लाख दिरहाममा किन्न सफल भयो ।

उक्त बालकले एक कुरान गायन प्रतियोगितामा ५ लाख दिरहामको पुरस्कार जितेको थियो । नम्बर प्लेट खरीद गर्नका लागि आवश्यक बाँकी रकम उसले आफ्नो बुवासँग माग्यो । बालकको मर्सिडिज कारमा उक्त नम्बर प्लेट जडान गरिनेछ । मजरुइ सोही कारमा चढेर स्कुल जाने गर्दछ ।

तर यति महंगोमा नम्बर प्लेट खरीद गरेको उक्त कारचाहिँ ऊ आफैंले चलाउन पाउनेछैन । युइएमा गाडी चलाउन पाउने न्यूनतम उमेर १८ वर्ष हो । त्यसैले पनि उसले थप ६ वर्ष प्रतिक्षा गर्नुपर्नेछ । उसका लागि अहिले अरु कसैले गाडी चलाइदिनेछ ।

तर बालकले किनेको ११११ नम्बरको नम्बर प्लेट सबैभन्दा महंगो चाहिँ भएन । पुलिसले लिलामी गरेको २२२२ नम्बरको प्लेट एकजना व्यापारीले २७ लाख डलरमा खरीद गरे, जुन सबैभन्दा महंगो नम्बर प्लेट बन्यो ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment