Comments Add Comment

अब कफीबाट चल्नेछन् यात्रुबस


कफीको फोहोरबाट निकालिएको तेल प्रयोग गरी यात्रुबस गुडाइएको छ । बेलायतको लण्डनमा कफीको तेलबाट केही सार्वजनिक बस गुडाउन थालिएको हो ।

कफी पसल, सुपरमार्केट तथा कफी उद्योगहरुमा खेर गई फोहोरको रुपमा परिणत भएको कफीको फोहोरलाई प्रशोधन गरी निकालिएको तेललाई जैविक इन्धनको रुपमा गाडीमा प्रयोग गरिएको छ ।

अहिले यो प्रारम्भिक परीक्षणको चरणमा रहेको छ । लण्डनस्थित टेक्नोलोजी फर्म बायो बिन लिमिटेडका अनुसार एक वर्षमा एउटा बसलाई उर्जा प्रदान गर्नका लागि पर्याप्त मात्रामा कफीको उत्पादन गरिएको छ । ट्रान्सपोर्ट फर लण्डन (टिएफएल) सार्वजनिक सवारी साधनबाट हुने उत्सर्जन घटाउनका लागि जैविक इन्धनको बढीभन्दा बढी प्रयोग गर्ने दिशातर्फ अघि बढिरहेको छ ।

बायो बिनका अनुसार, बेलायतको लण्डनबासीले एक वर्षमा २ लाख टन कफीको फोहोर निकाल्छन् । कम्पनीले कफी पसल तथा कफी उद्योगहरुबाट कफीको फोहोर जम्मा गर्दछ र आफ्नो कारखानामा यसबाट तेल निकाल्छ । त्यसपछि त्यसलाई डिजेलमा मिसाएर बी ट्वान्टी जैविक इन्धनमा परिणत गरिन्छ ।

आफूहरुले फोहोरलाई स्रोतका रुपमा प्रयोग गर्न सकिने गतिलो उदाहरण प्रस्तुत गरेको दाबी बायो बिनका संस्थापक आर्थर केयको रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment