Comments Add Comment

रौतहट बम काण्डका घाइतेलाई ओलीले भेटे

६ मंसिर, चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले रौतहट बमकाण्डमा घाइते भएर उपचाररत पीडितहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

रौतहटको चन्द्रपुरमा यही मंसिर २ गते वाम गठबन्धनले गरेको चुनावी सभामा बम पड्किँदा घाइते भएकाहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । अज्ञात समूहले बम विस्फोट गराउँदा ८ जना घाइते भएका थिए ।

एमाले अध्यक्ष ओलीले बुधबार अस्पताल पुगेर घाइतेहरुको अवस्था र उपचारका विषयका जानकारी लिएका हुन् ।

यसअघि मंगलबार साँझ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि घाइतेहरुको अवस्थाबारे जानकारी लिएका थिए ।

सो घटनामा घाइते सरिता राई र उनको ६ वर्षीय छोरा जैविक राईको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment