Comments Add Comment

मन्त्रिपरिषद् बैठकः एडीबीको १५० मिलियन डलर सहयोग स्वीकार


६ मंसिर, काठमाडौं । सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको अनुरोध अनुसार, शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकले सहायता वापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकले सरकारका नियममित प्रशासनिक केही निर्णय पनि गरेको जानकारी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment