Comments Add Comment

नरेश र अनिल टिममा परेनन्, महबुबले नाम फिर्ता लिए

नरेश बुढायर र अनिल मण्डल

६ मंसिर, काठमाडौं । नरेश बुढायर र अनिल मण्डल राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा पर्न असफल भएका छन् । भेट्रान अलराउण्डर मेहबुब आलमसँगै शौरभ खनालले भने चोटका कारण नाम फिर्ता लिएका छन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत यूएईबिरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय टोली बन्द प्रशिक्षणमा छ । बुधबार दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० सदस्यीय टोली घोषणा भएको छ ।

पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका नरेश बुढायर, अनिल मण्डलसँगै सुसन भारी, विक्रम शोव र सुनिल धमला टिममा परेनन् । सुसनले हङकङविरुद्धको पहिलो खेल खेलेका थिए भने नरेशलाई शरद भेषावकरको स्थानमा टिममा बोलाइएको थियो । तर दोस्रो खेल वर्षाले नहुँदा उनी खेल्न पाएनन् ।

बन्द प्रशिक्षणमा रहेका महबुब र शौरभ भने चोटका कारण टिममा छैनन् ।

कप्तान पारस खड्का नेतृत्वको टिममा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सागर पुन, करण केसी, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने छन् ।

यस्तै जितेन्द्र मुखिया, आरिफ शेख, अनिलकुमार साह, दिलिप नाथ, हसिम अन्सारी, कुशल भुर्तेल र सुशील कँडेल पनि टिममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment