Comments Add Comment

राधिका भन्छिन्-‘पुरुष पनि यौन दुर्व्यबहारको शिकार छन्’


बलिउड नायिका राधिका आप्टेले पुरुषमाथी पनि यौन दुर्व्यबहारको घटना हुने टिप्पणी गरेकी छिन् । महिलाहरुले आफूमाथि यौन दुर्व्यबहार भएको सार्वजनिक गरे पनि पुरुषहरुले भने महिलाले यौन दुर्व्यबहार गरेको विषयमा मुख खोल्न नसकेको उनको भनाई थियो ।

‘यौन दुर्व्यबहारको घटना केबल महिलामा सिमित छैन । पुरुषहरु पनि दुब्र्यबहारको शिकार भएका छन् तर, उनीहरु बोल्दैनन् ।’ राधिकाले भनिन् । चलचित्र क्षेत्रमा केही पुरुषहरु यौन दुर्व्यबहारको शिकार भएको आफूले समेत जानकारी पाएको दावी उनले गरेकी छिन् ।

यौन दुर्व्यबहारको घटना सार्वजनिक हुने मञ्च तयार भएको भन्दै उनले सबैलाई खुलेर कुरा गर्न आग्रह गरिन् । बोल्ड नायिकाको छवि बनाएकी राधिका पछिल्लो समय चर्चामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment