Comments Add Comment

बनाउने होइन त नग्मालाई ‘मिस यूनिभर्स’ ?


यो बर्षको ‘मिस यूनिभर्स’मा सहभागी हुन नग्मा श्रेष्ठ अमेरिका पुगेकी छिन् । उनी, अहिले अमेरिकाको लस भेगासमा ‘मिस यूनिभर्स’को तयारी गरिरहेकी छिन् । ‘मिस नेपाल यूनिभर्स’ नग्मा ‘मिस यूनिभर्स’मा आफ्नो नाम रजिस्ट्रेसन गरेर विभिन्न राउण्डका लागि आफूलाई तयार गरिरहेकी छिन् ।

पहिलो पटक यो प्रतियोगीतामा सहभागी भएकी नग्माले आफ्नो मिहिनेतलाई सफल पार्न भोट निकै आवश्यक भएको बताएकी छिन् । उनलाई नोभेम्बर २० तारिखदेखि भोट गर्न सकिनेछ । आफ्नो जिमेलबाट दिनमा १० भोट गर्न सकिने नग्माले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नोभेम्बर २६ मा हुने फाइनलमा आफ्नो देशको संकृति झल्किने भेषभुषा प्रस्तुत गर्ने नग्माको भनाई छ ।

नग्माले पहिलो पटक ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा खुशी लागेको भन्दै सबै नेपालीको सहयोगको अपेक्षा गरेको बताइन् । उनलाई ट्वीटर मार्फत पनि भोट गर्न पाइने छ । त्यसको लागि हृयासट्याग #missuniverse / #Nepal  गर्नु पर्छ र यसको री ट्वीट काउन्ट हुनेछ ।

नग्मालाई यो लिंक मार्फत पनि भोट गर्न सकिनेछ । https://missuniverse.votenow.tv

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment