Comments Add Comment

राजन थपलियाको उपन्यास ‘५५ ईयर्स’को सारांश प्रकाशित 

२२ नोभेम्बर, वाशिंगटन डीसी । न्यूयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक राजन थपलियाको सत प्रतिशत जीवन ( 100 % Life )को अधिकतम सफलता पछि अर्को अंग्रेजी उपन्यास  ‘फिफ्टी फाइव ईयर्स ‘को सारांश सार्बजनिक भएको छ ।

उनको अघिल्लो पुस्तक 100 ०/० Life विदेशी पत्र पत्रिकामा व्यापक चर्चामा छाएको थियो । उनी लेखक भन्दा पाठक भन्न आफूलाई रुचाउने थपलियाको पछिल्लो पुस्तक सत प्रतिशत जीवन ( 100 ०/० Life ) प्रकाशित भए पछि उनी अमेरिका,क्यानडा र बेलायत ,भारत अन्य देशमा समेत चर्चामा रहेका थिए ।

फिफ्टी फाइव ईयर्स (55 years )एक उपन्यासको सारांश हो भने यो पुस्तक कैदीमा आधारित छ । पुस्तक ४३ वर्ष जेल जीवन बिताएर रिहा भएका बन्दीको सेरोफेरोमा लेखिएको हो ।

लेखक थपलियाका अनुसार यस पुस्तकमा लामो समय जेल जीवन बिताई गह्रौं मन लिएर रिहा भएका डेनियल ज्याक्सनलाई प्रस्तुत गरिएको छ । यो किताब डेनियल ज्याक्सनको जीवन कथाको उत्कृष्ट चित्रण छ ।

१८वबर्षको उमेरमा प्रहरीको हत्या गरेर कारागारमा परेका बु्रकलिनका डानियल ज्याक्सनको बाल्यकालको सपना र उनले भोग्नुपरेको यथार्थबीचको मनोविज्ञानलाई कथामा देखाइएको छ । काल्पनिक पात्र डानियलको आत्मकथालाई कथामा प्रस्तुत गरिएको छ भने कथाको अन्त्यमा आत्मकथा लेखेर मरिसकेका डानियल र उनकी प्रेमिकाबीचको दर्दनाक क्षण समेत चित्रण गरिएको छ ।

यस किताबले जीवनको लागि आशालाई स्पष्ट गर्दछ; यो पुस्तक उनका लागि प्रेरणाको उत्तम स्रोत हुनेछ जसले सोच्दछ “म जीवनमा कुनै पनि काम गर्न सक्दिन निराशा र असफलता भएका मानिसहरूलाई पनि यो पुस्तक द्वारा आनन्दको अनुभूति गर्न या हुन सक्दछन ।” लेखक भन्दछन ।

५५ वर्षले यो प्रमाणित गर्दछ कि यदि, ‘तपाई जीवनमा केही गर्न चाहनु हुन्छ भने कुनै पनि उमेरमा तपाई जे पनि गर्न सक्नु हुन्छ । जीवनमा महत्वपूर्ण कुरा भनेको तपाईसँग ठूला सपना हुनु पर्छ । यदि तपाईसँग इच्क्षा शक्ति र साहस छ भने तपाइलाई ईश्वरले पनि रोक्न सक्दैन । ‘ त्यो पुस्तकको सम्पूर्ण दृष्टिकोण हो ।

फिफ्टी फाइव ईयर्स केवल ईपुस्तक मात्र नभई उपन्यास हो । अमेजनमा उपलब्ध यो कथाको मूल्य ५ डलर राखिएको छ । ब्रान्स एण्ड नोबल, इबे, एप्पलको आइबुक लगायतमा पनि यो कथा छिट्टै उपलब्ध हुने कथाकार थपलियाले जानकारी दिएका छन् ।

उनको यो फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश पुस्तक बिधुतीय प्रक्रियाबाट किनेर समेत पढ्न पाइने छ । थपलिया का झन्डै २ सय ५० जति बिदेशी सञ्चार माध्यममा लेखहरु प्रकाशित भैसकेका छन् ।

युवा लेखक थपलिया २८ वर्ष नपुग्दै ११ वटा अंग्रेजी पुस्तक लेख्न सफल भएका छन् भने उनका अप्रकाशित पुस्तकहरु समेत जोड्दा २२ वटा भएका छन् ।

उनी खुट्टा चिकित्सा बिज्ञान(फुट मेडिसिन)का विद्यार्थी हुन् भने आफू लेखनलाई नै आफ्नो पूर्ण पेशा बनाउने इच्क्षा समेत जाहेर गरेका छन् ।

उनी हफपोस्ट ,दी इलाइट डेली तथा दी न्यूयोर्क सिटी पोस्टमा नियमित लेख लेख्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment