Comments Add Comment

आर्यन र श्रृष्टीको ‘बाँध मायाले’


यसअघि चलचित्रको नाम ‘सँग सँगै’ राखिएपनि निर्माता तथा निर्देशक सविर श्रेष्ठले यसैसाता देखि सुरु हुने चलचित्रको नाम परिवर्तन गरेका छन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘बाँध मायाले’ राखिएको छ ।

यो चलचित्रको छायांकन यसै सातादेखि नवलपरासिमा सुरु हुनेछ । चलचित्रको यूनिट छायांकन स्थलमा पुगिसकेको निर्माणपक्षले बताएको छ । चलचित्रको मुख्य भूमिकामा नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठले काम गर्नेछन् । यो चलचित्रलाई लिएर श्रृष्टी र आर्यन दुबै निकै उत्साहित र आशावादी छन् ।

निर्देशक श्रेष्ठले पनि यो चलचित्र आफ्ना लागि सपनाको प्रोजेक्ट भएको बताए । उनले भने-‘लामो तयारपछि हामी छायांकनस्थलमा जाँदैछौ । चलचित्र पूर्ण रुपमा लभस्टोरी कथामा बन्नेछ ।’ काइट्स इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा तयार हुने चलचित्र ‘बाँध मायाले’लाई रामहरि धिताल र विभिसिका श्रेष्ठले लगानी गरेका हुन् ।

चलचित्रका सह-निर्माता महेन्द्र अधिकारी र केदार प्रसाद धिताल हुन् । बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने चलचित्रमा राजाराम पौडेल, विशाल चाम्लिङ, किशोर खड्काको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment